मिस पोखरा -२०२४ बनिन् ‘सृष्टि’

पाेखरा | कात्तिक ११, २०८१

मिस पोखरा -२०२४ बनिन् ‘सृष्टि’ PHOTO: S2 PRODUCTION

पोखरा:    गलकोटकी सृष्टि खड्काले ११ औं संस्करणको मिस पोखरा–२०२४ को ताज जितेकी छिन् ।

 

पोखरा १० काजीपोखरी निवासी खड्काले अन्तिम १६ प्रतिस्पर्धीलाई पछि पार्दै मिस पोखराको ताज जितेकी हुन् ।

 

उनले ताजसँगै स्कुटर र नगद ५० हजार पुरस्कार प्राप्त गरिन् । साथै उनी सिधैं मिस नेपालमा भाग लिन अवसर प्राप्त गरेकी छिन् । 

 

यस्तै, रेखा गैरे फस्ट रनर अप र जेसिका विश्वकर्मा घिमिरे सेकेण्ड रनर अप घोषित भइन् । 

 

उनीहरुले ताजसहित क्रमशः ३० हजार र २० हजार साथमा विभिन्न गिफ्ट ह्याप्पर प्राप्त गरे ।  रेखाले वेष्ट इन्टेलेक्टकोसमेत उपाधि जित्दा जेसिकाले वेष्ट ड्रेस तथा क्वाटवाक अवार्ड जितिन् ।

 

पोखरा जेसीजको आयोजना र  इभेन्ट फर युको व्यवस्थापनमा ६ वर्षपछि मिस पोखरा भएको थियो ।

 

सो प्रतियोगिताको मुख्य निर्णायकमा सुवर्ण क्षत्री थिए भने, अन्य निर्णायकमा पूर्व सांसद एवं वरिष्ठ सौन्दर्यकर्मी मीना गुरुङ, अभिनेता सरोज खनाल, अभिनेत्री एलिजा गौतम, ला ग्राण्डीका प्रिन्सिपल किरण केसी, शेषराज भट्टराई, डा.रामजी शर्मा गरी ७ जना थिए ।

 

मिस पोखरा २०१८ भने सारा बजिमय बनेकी थिइन् ।


 

काठमाडौं:   विस्फोटक पदार्थ सम्बन्धी मुद्दामा पक्राउ परेका राजकुमार तामाङ (देवराज लामा) लाई श्रम संस्कृति पार्टीले निलम्बन गरेको छ ।   अनुसन्धानमा कुनै किसिमको प्रभाव र दबाब नपरोस् भन्नका ला...

थप पढ्नुहोस्

पोखरा:   होटल संघ पोखरा नेपालको ४३ औं वार्षिक साधारणसभा मंगलबार पोखरामा सम्पन्न भएको छ ।   संघका संस्थापक अध्यक्ष हरिध्वज तुलाचनले साधारणसभाको उद्घाटन गरेका थिए ।   कार्यक्रमम...

थप पढ्नुहोस्

काठमाडौँ:    नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि लामो प्रतिक्षापछि मतदान प्रक्रिया सुरु भएको छ ।   अध्यक्ष पदका प्रत्यासीहरू केपी शर्मा ओली र ईश्वर...

थप पढ्नुहोस्